प्रतिनिधि सभा बैठक फागुन २ गते हुने

काठमाडौं ।  प्रतिनिधि सभाको बेठक फेरि सरेको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन बस्न नसक्ने र बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।  

सूचनामा भनिएको छ ,' प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

pratsva.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.