काठमाडाैं । अक्षय कुमार आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोशन गर्न द कपिल शर्मा शोमा जान अस्वीकार गरेका छन् । अभिनेता आफैंले यो शो मा जान अस्वीकार गरेका हुन्। शो को अन्तिम एपिसोडमा कपिलले प्रधानमन्त्री मोदी र अक्षयको अन्तर्वार्ताको मजाक उडाएका थिए । मिडिया रिपोर्टका अनुसार अक्षय यसै कारणले कपिलसँग रिसाएको र आफ्नो फिल्मको प्रमोशनका लागि शोमा नगएको बताइएको छ । हास्य कलाकार कपिलले यो पोस्ट सेयर गर्दै स्पष्टीकरण दिएका छन् ।
कपिल शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेका छन्, 'मेरा प्यारा साथीहरु। मैले मेरो र अक्षय पाजीको बारेमा मिडियामा चलिरहेका सबै समाचार देखे र पढे । मैले भर्खरै पाजीलाई यसबारे सोधेको छु। सबै कुरा मिस कम्युनिकेशन थियो । अब सबै ठीक भएकाे छ। हामी छिट्टै 'बच्चन पाण्डेु को एपिसोड शूट गर्नेछौँ। उहाँ मेरो दाई हुनुहुन्छ र मसँग कहिल्यै रिसाउन सक्नुहुन्न। धन्यवाद।'
के भएको थियो ?
अक्षय आफ्नो अघिल्लो फिल्म 'अतरंगी रे'को प्रमोशनका लागि कपिल शर्मा शोमा पुगेका थिए । यसै क्रममा कपिलले अक्षय र प्रधानमन्त्रीको अन्तर्वार्ताको मजाक उडाए । उनले आफ्नो अन्तर्वार्तामा प्रसिद्ध व्यक्तित्वलाई पनि आँप खान मन लाग्छ ? भनेर सोध्ने बताए । वास्तवमा २०१९ लोकसभाको समयमा अक्षयले प्रधानमन्त्री मोदीको अन्तर्वार्ता लिएका थिए । त्यसमा उनले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । अक्षयलाई शोमा यो जोक पटक्कै मन परेको थिएन ।
Dear friends,was reading all the news in media about me n Akshay paji, I have jus spoke to paji n sorted all this, it was jus a miss communication, all is well n very soon we r meeting to shoot Bachhan pandey episode. He is my big bro n can never be annoyed with me 😊thank you 🙏
— Kapil Sharma (@KapilSharmaK9) February 8, 2022