काठमाडौं । नेपाली कांग्रेसले गीत–संगीत सहितको चुनावी अभियान सुरु गर्ने भएको छ । आउँदै गरेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघलाई प्रचार–प्रसारको जिम्मेवारी दिएको हो ।
बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो कुराको जानकारी दिएको हो । संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रीय र सशक्तरूपमा परिचालन गरिने बताए ।