‘पर्नु पिर पर्यो’ मा सुधिर र रेश्मा

निर्देशक सुव्रतराज आचार्यले मोडलद्धय सुधिर श्रेष्ठ र रेश्मा घिमिरेलाई ४ दशक अगाडिको प्रेमकथामा फर्काएका छन् ।

काठमाडौं । निर्देशक सुव्रतराज आचार्यले मोडलद्धय सुधिर श्रेष्ठ र रेश्मा घिमिरेलाई ४ दशक अगाडिको प्रेमकथामा फर्काएका छन् । डस म्युजिकको प्रस्तुतिमा तयार भएको ‘पर्नु पिर पर्यो’ बोलको गीतको भिडियोमा सुधिर र रेश्माको जवानीको प्रेमकथा हेर्न सकिन्छ ।

डीपी खनालको शब्द, संगीत तथा स्वर रहेको यो गीतको भिडियोमा बुढेसकालमा रमाइरहेको एक जोडीले आफ्नो पुरानो प्रेम कहानीको संझना गरेको देखाइएको छ । गीतमा रचना रिमालको पनि स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विजेश पौडेलले सम्पादन गरेका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.