प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भएकाे कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । प्रदेशका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा प्रचण्डले भने, ‘प्राविधिक कारण सरकार विस्तार हुन सकेको छैन ।’ आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेका लागि अपरिहार्य भएको उनले बताए । साथै, उनले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज ५ भित्र सरकार विस्तार हुने बताएका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भएकाे कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । प्रदेशका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा प्रचण्डले भने, ‘प्राविधिक कारण सरकार विस्तार हुन सकेको छैन ।’ आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेका लागि अपरिहार्य भएको उनले बताए । साथै, उनले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए ।
संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उनले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उनले बताए ।