कांग्रेस नेता पण्डेलाई देखाए आफ्नै कर्यकर्ताले कालो झन्डा

काठमाडौं ।  नेपाली का‌ंग्रेसका कार्यकर्ताले कांग्रेसकै केन्द्रीय सदस्य बद्री पाण्डेलाई कालो झण्डा देखाएर विरोध जनाएका छन् । बाजुरामा बैठक चलिरहँदा शनिबार देउवापक्षीय कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका हुन् ।

क्रियाशील सदस्यता काटेको भन्दै पाण्डेप्रति कर्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् । पाण्डेलाई कार्यकर्ताले ज्ञापनपत्र बुझाएका थिए । गुटबन्दी गर्दै देउवापक्षका कार्यकर्ताको क्रियाशील नवीकरण र नयाँ सदस्यता काटिदिएको पाण्डेमाथि आरोप छ ।

क्रियाशीलता सदस्य सार्वजनिक नहुँदा रोकिएको बाजुरामा यही असोज ५ गते वडा अधिवेशन हुँदै छ । वडा अधिवेशन नजिकिएसँगै कांग्रेसका केन्द्रीय नेता जिल्ला पुग्ने क्रम बढेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.