नेपालमा थप एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । सोही समयमा नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३८ कोरोना संक्रमण मुक्त भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.