पार्टी फुटबाट ‌ओली विक्षिप्त छन् : नेतृ झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटबाट विक्षिप्त बनेको आरोप लगाएकी छन् । शनिबार जनकपुरधाममा भएको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएकी हुन् । त्यसैगरी, उनले ओली आत्तिएर गालीगलाैँमा उत्रिएको पनि बताइन् ।

‘ढल्नै लागेका कारण उहाँ विक्षिप्त हुनुहुन्छ । आत्तिनुभएको छ । गालीगलौचमा उत्रिनुभएको छ । धेरै हतास मनस्थितिमा पुग्नुभएको छ,’ उनले भनिन्, ‘हामी त आराममै छौँ । हामी किमार्थ पनि हतोत्साहित छैनौँ ।’

एकीकृत समाजवादी गठन ओलीको दक्षिणपन्थ र व्यक्तिवादविरुद्ध गरिएको विद्रोह सानो झिल्को मात्रै भएको बताउँदै नेतृ झाँक्रीले भनिन्, ‘धेरै ठूलो डढेलो लागेर सत्यनाश हुनेवालाछ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.