भ्रातृ संस्थाबारे कांग्रेसले आइतबार बस्ने बैठकमा निर्णय लिने

काठमाडौं । म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे  नेपाली कांग्रेसले आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निर्णय लिने भएको छ ।  

दुई दिनको बैठकबाट पनि कांग्रेसले गत माघ १६ गते नै म्याद सकिएका भ्रातृ संस्थाबारे निर्णय दिन सकेन ।  कार्यसम्पादन समितिको बैठक आइतबार पुनः बस्ने र त्यसबारे निर्णय लिने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतक कांग्रेसका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अधिवेशन हुन सकेको छैन । 

कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे पुनः बस्नेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.