यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

काठमाडाैं ।  चार देशीय शृङ्खालाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) ले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको  यूएईले निर्धारित २० ओभरमा १ सय ९२ रन बनाएको थियो । यूएईका लागि चिराग सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।

नेपालको बलिङमा साहव अलाम, आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.