आलिया भट्टले भनिन्–‘मैले मनमा रणवीरसँग विवाह गरिसकेकी छु'

एजेन्सी ।   बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । मिडिया रिपोर्टका अनुसार दुबैले सन् २०२२ को अप्रिलमा विवाह गर्नेछन् । केही समयदेखि यी दुईले यसै वर्ष विवाह गर्ने अनुमान गरिएको थियो । हालै एक अन्तर्वार्तामा आलियालाई विवाहको बारेमा सोधिएको थियो । यसै क्रममा अभिनेत्रीले आलिया भनिन्, '‘मैले मनमा रणवीरसँग विवाह गरिसकेकि छु । उनले थपिन् महामारीले हाम्रो विवाह योजना बिगारिरहेकाे छ। जे हुन्छ राम्रैका लागि हुन्छ।'' 

रणवीर–आलियाको अप्रिलमा विवाह हुनसक्ने
हालैका खबर अनुसार रणवीर र आलिया यसै वर्षको अप्रिलमा विवाह गर्ने योजनामा ​​छन् । यो सँगै दुवैको परिवारमा पनि तयारी सुरु भएको छ । स्रोतका अनुसार, रणवीर र आलियाले राजस्थानको रणथम्बोरमा विवाह गर्न सक्छन्, किनकि उनीहरुले आफ्ना धेरैजसो छुट्टिहरू त्यहीँ मनाएका छन् र यो उनीहरूको मनपर्ने ठाउँ मध्ये एक हो ।

रणवीर र आलिया ४ वर्षभन्दा लामो समयदेखि सम्बन्धमा छन् । दुबैको एकअर्काको परिवारसँगकाे सम्बन्ध पनि राम्रो छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.