मकर मेलाका कारण भक्तपुरको सवारी आवागमन  दिनभर अस्तव्यस्त 

काठमाडौं । पनौतीमा लागेको एक महिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।
 
मकर मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको छ।

 मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए। 

बेलुकासम्मै सडकमा जाम हुने अवस्था भएकाले सडक जाम खुलाउन सल्लाघारीदेखि  साँगासम्म प्रहरी परिचालन गरिएको छ ।                  

© 2021 Quicknepal.com  |  All Rights Reserved.