वर्तमान संविधानले जनताको मतबाट गणतन्त्र संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्न सक्छः कमल थापा

 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको बर्तमन संविधान उत्कृष्ट नभएपनि प्रगतिशील भएको बताएका छन् । संविधानको दिवशको अवसरमा उले शुभकामन व्यक्त गर्दै संविधान आफैमा परिवर्तनीय दस्तावेज भएको उल्लेख गरेका छन् । नेपालको संविधान अन्य देशको तुलनामा अग्रगामी र प्रगतिशील भएको भन्दैवर्तमान संविधानले जनताको मतबाट गणतन्त्र संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार समेत दिएको बताए ।

जनताको अभिमतका आधारमा परिवर्तन वा संशोधन गर्न सकिने संवैधानिक व्यवस्थाका कायम भएकाले आफुहरुले संविधानमा हस्ताक्षर गरेको उल्लेख गरेका छन्।निहित स्वार्थ परिपूर्तिका लागि राजनीतिक दलहरुले संविधान र लोकतन्त्रलाई माध्यम बनाउन खोजे भने वर्तमान संविधान औचित्य समाप्त हुने अध्यक्ष थापाको भनाई छ ।

उनले लोकतन्त्तको आवरमा लुटतन्त्र मौलाउदै गएको भन्दै विस्तारै सर्वसत्तावादतर्फ देश अग्रसर भइरहेको आभास हुन थालेका बताएका छन् ।‘सात सालदेखि हरेक परिवर्तनपछि विजेता शक्तिले सबैलाई सँगै लिएर हिँड्नुको सट्टा आफ्नो वर्चस्व सुरक्षित गर्न अन्य शक्तिमाथि विभेद र निषेध गर्ने कार्य जारी रहेको भन्दै थापाले नेपालमा संस्थागत परिवर्तन हुन नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक परिवर्तनपश्चात जनतालाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउने काम भएन। परिवर्तनको प्रतिफललाई सीमित वर्गले अपहरण गरे। जनताले परिवर्तनमा आफ्नो स्वामित्व र स्वार्थ स्थापित गर्न सकेन। यसैगरी नेपालका हरेक परिवर्तनमा बाह्य शक्तिको व्यापक प्रभाव र भूमिका रह्यो।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.