माओवादी अध्यक्षपत्नी दाहाल प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल प्रसिद्ध प्रवल जनसेवाश्रीबाट सम्मानित हुने भएकी छन् । हरेक वर्ष सरकारले विभिन्न क्षेत्रमा योगदान गरेकाहरुमध्येबाट समम्मान गर्नयोग्यलाई प्रदन गरिने सो सम्मान दाहाल प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित हुने भएकी हुन् । 

सरकारले संविधान दिवसको अवसर यस वर्ष नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणबाट सम्मानित गर्दैछ । यस वर्षको सबैभन्दा ठूलो पदक नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई सम्मानित हुने भएका छन् । 

त्यसैगरी, दोस्रो ठूलो मानपदवी राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणा सम्ममनित हुनेछन् भने महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्मानित हुनेछन् ।

लोक गायिका विष्णु माझी पनि प्रबल जनसेवाश्री पदवीबाट सम्मान हुने भएकी छन् । अन्य ठूला पदक पाउनेमा स्व। मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो ।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।

निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ । यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.