कोहलपुर स्मार्ट न्यु सिटीले ल्यायो सरल किस्तामा घडेरी

काठमाडाैं ।  कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाईरल भएको छ । युटुबमा स्मार्ट सिटीको हृश्य अपलोड गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ । यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतर्फ हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ ।

नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छन् । २०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी आकर्षक देखिएर टिकटक बनाउनेको भिड बढेको हाे ।

 मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको यो सिटीमा पानीको निकास देखि कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल सम्मकाे व्यवस्था रहेको छ।

आफ्नो इच्छा र आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि जतिसुकै धुरको प्लट किन्न सकिने कोहलपुर डेभलपर्सले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.