आज असोज ३ गते । देशभर विभिन्न कार्यक्रम गरेर संविधान मनाउने क्रम जारी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सात वर्ष लागेको अवसरमा संविधान दिवस मनाउने क्रम जारी छ ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम सरकारको औपचारिक कार्यक्रम जारी छ । कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, र नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको छ ।
सरकारद्वारा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।