सधैं फिल्ममा अभिनय गर्न सक्दिन, मेरो योजना प्रोडक्सन हाउस बनाउने छ-आलिया

एजेन्सी ।  बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म 'गंगुबाई काठियावाडी'को प्रमोशनमा व्यस्त छिन् । भर्खरैको एक अन्तर्वार्तामा आलियाले आफ्नो १० वर्षको योजनाको बारेमा कुरा गर्दै सफल अभिनेत्री बनेर निर्माता बन्ने र नयाँ प्रतिभालाई सपोर्ट गर्ने बताईन् ।

उनले सधैं फिल्ममा अभिनय गर्न नसकिने बताईन् । 'मेरो प्रोडक्सन हाउस बनाउने योजना छ ।' आलियाले भनिन् ''यदि म निर्माता भएँ भने, मैले नाफाको एक हिस्सा पाउँछु, जुन मेरो लागि ठूलो कुरा हुनेछ । मलाई लाग्छ तेतिबेला म नयाँ प्रतिभालाई समर्थन गर्न राम्रो स्थितिमा पुग्नेछु। यो केवल मेराे इन्जिनलाई फ्युल दिने कुरा मात्र होइन, म अहिले फ्युल प्रयोग गेरेर अन्य इन्जिनलाइ पनि फ्युल दिन सक्छु।''

आलियाले फिल्म ‘डार्लिङ्स’ बाट आफ्नो प्रोडक्सन हाउसकाे सुरुवात गर्नेछिन । जुन आमा छोरीको सम्बन्धका बारे एक डार्क कमेडी फिल्म हुनेछ । फिल्ममा शेफाली शाह पनि रहनेछिन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.