काठमाडौँ । पत्रकार हरिबहादुर थापाले सुप्र्रबल जनासेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । पत्रकार थापाले समाजिक सञ्जालमार्फत् सरकराले प्रदानगर्ने भनेको विभूषण अस्वीकार गरेका हुन् ।
‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ । सम्झेकोमा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।
भदौ २९ गतो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाको निर्णय आइतबार सार्वजनिक गरेकी थिइन् ।उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा रहेको थियो ।