काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने भएको छ ।
आज काठमाडौंमा बसेको प्रेस चौतारी नेपालको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
गएको पुष महिनाको १२ र १३ गते लुम्बीनीमा बसेको केन्द्रिय कमिटि बैठकले नवौं राष्ट्रिय महाधिवेशन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर माघ २२ र २३ गते पोखरामा आयोजना गर्ने निर्णय गरेको थियो ।
तर कोरोना भाईसरको तेश्रो भेरियन्ट अधिवेशन स्थगित भएको थियो ।
प्रेस चौतारीले देशभरका जिल्ला अधिवेशनहरु लगभग सम्पन्न गरेको छ ।
आइतबारको सचिवालय बैठकले सात वटै प्रदेशमा फाल्गुन २१ गते एकैदिन एकैसाथ प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले क्विक नेपाललाई जानकारी दिए ।