सप्तरी । लामो समय देखी लिभरको समस्याले ग्रसित एक बिरामी आर्थिक अभावले शल्यक्रिया गराउन असमर्थ भएका छन् ।
महादेवा गाउँपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय केशोरी मुखिया बिगत पाँच वर्षदेखि सो समस्याले ग्रसित छन्।दुई पटक धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चेकजांच गराइसकेको तर शल्यक्रियाको लागि चाहिने आवश्यक रकमको व्यवस्था गर्न नसकेर घरमै बस्न बाध्य छ्न । आर्थिक रुपले विपन्न मुखिया शल्यक्रिया गराउन सरकारसंग गुहार मागेका छ्न । मुखिया आर्थिक विपन्नताले शल्यक्रिया गराउन सकिरहेका छैन । पेटमा पानी जम्ने कारण पेट सुनिएको छ। स्थानीय सरकारको ध्यानाकर्षण गराउन युवाहरूले पहल थालेका छन् ।
आँखाको आशु झार्दै मुखियाकी श्रीमतीले आफ्नो श्रीमानको उपचार हुनुपर्ने आशा गरेकी छिन । उनले युवाहरू माझ रुदै शल्यक्रिया गर्न सहयोग गरिदिन आग्रह गरेकी छिन । मुखियाको दुई छोरा छ्न। एउटा छोरा बाबा बनेर मन्दिरमा शरण लिएको छ भने कान्छो छोरा मानसिक संतुलन गुमाएको छ ।
युवाहरू मुखियाको शल्यक्रिया होस भनेर पहल गर्नु सराहनीय हो । यसमा स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने हुन्छ । वडा कार्यालयले समेत सहयोगमा तत्परता देखाउन जरुरी छ। यसरी चौतर्फी सहयोगले एउटा गरिबको ज्यान जोगिने अपेक्षा गर्न सकिन्छ ।