काठमाडौं । अमेरिकाबाट नेपालले संविधान दिवसको शुभकामना प्राप्त गरेको छ । सातौँ संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनमार्फत् नेपालले संविधान दिवसको अवसरमा सुभकामना सन्देश प्राप्त गरेको हो ।
‘अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात् ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना,’ शुभकामना सन्देशमा भनिएको छ ।
सो शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गत वर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख छ। ‘किन कि दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरिरहेका छौँ,’ सो शुभकामना सन्देशमा भनिएको छ, ‘विशेषगरी हामीले कोभिड १९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरको सामना गर्न मिलेर काम गर्यौँ ।’