काठमाडौँ। नेकपा एमाले ससदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले ओली सरकारलाई विस्तापित गर्ने न्यायाधीशहलाई गठबन्धनको सरकारले पुरस्कृत गरेको बताएका छन् ।संविधान दिवशको अवसरमा एमालेले आइतबार आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नेता नेम्वाङले ओली सरकारकाविरुद्ध मुद्धा दर्ता गर्ने पक्षहरुले महत्वपूर्ण मेडल पाएको बताएका हुन्।
राष्ट्रपतिबाट बाँडिएको पदकले देश एकतातिर अघि बढिरहेको छ भन्ने संकेत मिल्ने भन्दै नेम्वाङले संविधान कार्यान्वयनको चरणमा प्रतिबद्धता गर्नुपर्नेमा पुरस्कारको घोषणा गरेको टिप्पणी गरे ।नेम्वाङले दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नेले मेडल पाए । यहीँ सक्रिय दुईजनाका परिवारले मेडल पाउनुभयो ।
कसैले मरणोपरान्त पाउनुभयो । ओली सरकारविरुद्ध मुद्दा लगाउने मेडल पाएछन् । मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ । अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ । मुद्दामा फैसला गर्ने न्यायाधीले पनि मेडल पाउनुभएछ ।’
पारी चितुवा करायो वारी सिंगारी हारयो भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित नभएको बताएका उनले भने, ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन । यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस् । अस्वीकार गरिदिएको घोषणा गरिदिनुस् ।’