संविधान निर्माणमा नेकपा एमालेको भूमिका अतुलनीय छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वितरण गरेको विभूषणप्रति आपत्ति षनि जनाएका छन् ।

'नेपाली समाजलाई स्थायीत्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले भूमिका खेलेको छ । सिंगो पार्टी गर्व गर्न चाहन्छ,’ उनले भने, ‘आन्दोलनका उपलब्धिको संस्थागत गरेका छौं । राष्ट्रिय हितलाई रक्षा गर्दै एमाले दृढताका साथ अघि बढेको थियो । संविधानको रक्षा गर्दै दृढताका साथ अघि बढेका थियौं । ’संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास भएको बताए । 

‘जनताका बीचमा ताजा जनादेशमा जानु प्रतिगमन हुने संविधान मिचेर जनादेशबाट प्रधानमन्त्री तोक्ने अग्रगमन १’ उनले संविधानको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले भने, ‘पार्टी फोड्नका लागि अनेक तमासाहरु भए। अलोकतान्त्रिक, गैरसंवैधानिक क्रियाकलाप भए । संविधान रक्षा र कार्यान्वयनको सन्दर्भमा गम्भीर बाधा पैदा भएका छन् । हामी सजग र सतर्क हुनुपर्छ ।’ 

 

 

 

       

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.