एजेन्सी । वलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण मार्चमा आफ्नो आगामी फिल्म पठानको रोमान्टिक गीत शूट गर्न स्पेन जाने भएका छन्।
मिडिया रिपोर्टका अनुसार निर्देशक सिद्धार्थ आनन्दले यस गीतमा आइल्याण्ड सिटीको प्रसिद्ध समुद्र तट र लाइमस्टोनको पहाडलाई कभर गर्न चाहन्छन्। त्यसैले उनले स्पेनको लोकेशन फाइनल गरेका छन्। यस फिल्ममा शाहरुख र दीपिकाका अलावा जोन अब्राहम पनि देखिनेछन् ।