सडकमा संसदीय मर्यादा सिकाउँदै युवा संघ, 'हत्यारा सभामुख राजिनामा दे' (तस्विरसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकार र संसदविरुद्ध आन्दोलन जारी राख्दै आएको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडा, भौतीक पूर्वाधार मन्त्री रेणु यादव, सभामुख अग्निप्रसाद सापकोटासहितको राजिनामा माग गर्दै युवा संघले निरन्तर नयाँ तरिकाले सडक तताईरहेको छ ।

मंगलवार पनि संघले फरक ढंगले आन्दोलन जारी राखेको छ । सभामुख सापकोटाले संसदीय मर्यादा कायम नगरेको भन्दै सडकमै संसदको व्यङ्ग्य रोष्टम बनाएर युवा संघले प्रदर्शन गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.