काठमाडाैं । मंगलबार बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधानअनुसार महाधिवेशन गर्न नसकी म्याद समाप्त भएका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।
भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ ।