काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन २० गतेदेखि चैत्र ३० गतेसम्म स्थानीय तहको निर्वाचन लक्षित अभियान संचालन गर्ने घोषणा गरेको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन लक्षित अभियान चलाउने निर्णय गरेको हो । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन घोषणापत्र समेत जारी गर्ने निर्णय गरेको जनाएको छ ।
स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गर्दै कांग्रेसले सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा घोषणापत्र तयार गर्ने जनाएको छ ।