कोरोना खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको दाबी

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको बताएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले गठन गरेकाे ५ सदस्यीय छानबिन समितिले कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको र खोपको उचित भण्डारण नगरेको देखिएकाे छ ।

उक्त समितिले खोप अभियानका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.