एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौँ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताएका छन् । 

संविधान दिवसको अवसरमा आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले सो बताएका हुन् । एक हप्ताभित्र सरकारमा सहभागी हुने उनको भनाइ छ । 

‘अध्यक्ष नेपालले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौँ ।’

गण्डकी प्रदेशमा भने, ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.