सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मको नोट साट्न पाइनेछ ।
काठमाडौं । असोज ४ गतेदेखि दशैं तिहारका लागि नयाँ नोट साट्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले भोलीदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको जनाएको छ ।
भोलीदेखि काठमाडौं तथा देशका विभिन्न स्थानबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मको नोट साट्न पाइनेछ ।
राष्ट्र बैंकको केन्द्रिया कार्यालय र प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण हुनेछ । जसअन्तर्गत ५, १०, २०, ५० र १०० का नोट साट्न पाइनेछ । राष्ट्र बैंकले यो वर्षका लागि ३५ अर्ब रुपैंयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने जनाएको छ ।