काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले मानपदवी एमाले र अध्यक्ष केपी ओली केन्द्रित भएको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा एमाले निकट राष्ट्रिय युवा संघ जनकपुरमा कार्यालय उद्घाटन गर्ने क्रममा नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘एमाले र अध्यक्ष ओलीबिरुद्व लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिइयो,’ बस्नेतले भने, ‘संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको लाजमर्दो क्षण हो ।
झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको बताउँदै बस्नेतले भने, ‘कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइयो ।’
विभूषणको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र उपनेता नेम्वाङले पनि सरकारको आलोचना गरेका छन् । सो क्रममा सुवास नेम्वाङले न्यायाधीशहरुलाई पदक अस्वीकार गर्नसमेत आग्रह गरेका छन् ।