४ थान ढलौटको मूर्तिहरु सहित २ जनापक्राउ

काठमाडौं । महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाऔ५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिकाऔ५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो ।  

उनीहरु उपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको  छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.