प्रसारण लाइन निर्माण गर्न नसक्दा उत्पादित विद्युत खेरा जाँदै

काठमाडौं । नेपालमा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत खेरा जाने गरेको छ । प्रसारण लाइनको अभावका कारण आवश्यक विद्युत खपत समेत बढाउन नसकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ ।

निर्देशक घिसिङका अनुसार विद्युत खपत बढाउन प्रसारण लाइनको निर्माण चाँडै गर्नुपर्नेछ । तर निर्माण कार्यमा भने विभिन्न अवरोध आइरहेको छ । प्रसारण लाइनको अभावका कारण विद्युत खेरा गइरहेको छ भने यता उद्योगी तथा उपभोक्ता भने विद्युत अभावमा रहेका छन् ।

हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना निरीक्षणमा पुगेका निर्देशक घिसिङले प्रसारण लाइन निर्माणमा सबैले सहयोग गरिदिन अपिल गरेका छन् । चितवनको भरतपुरबाट पश्चिम १३२ केभीको सिंगल सर्किटबाट ९० मेघावट मात्रै विद्युत पठाउन सकिएको उनले बताए । निर्माणाधिन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावट विद्युत बुटवलसम्म पुर्याउन सकिने उनको भनाइ छ ।

नवलपुर, बुटवल र परासी क्षेत्रका उद्योगमा विद्युतको माग अधिक भएपनि पूर्ति गर्न नसकिएको उनी बताउँछन् । यसकारण पनि हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको काम छिट्टै सकाउनु पर्नेमा उनको जोड छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.