काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउँला जुङ्गा जम्मै‘’ आज सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
फिल्म असोज २६ गते फुलपातीको दिन पारी सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुने भएको छ ।
सार्वजनिक गीतमा स्व.खेमराज गुरूङ र रिमा गुरूङ होडाको स्वर रहेको छ भने उमंग लामा र केशव चौलागार्र्र्र्ईको शब्द छ । उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ ।
गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने ,राजिब,प्रभात,अस्मिता, प्रदिप ,अप्स्ना लगायतका फिचर्ड रहेका छन् । रामजी लामिछाने भिडियोका कोरियोग्राफी रहेका छन् । लामिछानेले करिब दुई सय भन्दा बढी गीतमा कोरियोग्राफी गरिसकेका छ्न् ।
काटि दिउँला जुङ्गा जम्मै गीत उत्कृष्ट बनेकोमा लामिछाने धेरै खुसी छन् ।
फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् ।
रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोती कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।
(भिडियो)