अमेरिकाले लगायो नेपाललाई नाकाबन्दी

काठमाडौं । विगत ७ बषैदेखि अमेरिकाले नेपाललाई आर्थिक कारोवारमा नाकाबन्दी गर्दै आएको छ । सोही विषयलाई अमेरिकाले कडाईका साथ नेपालीलाई नाकाबन्दी शुरु गरेको हो ।

नेपाली हरुले अमेरिकाको सरकारी ब्रकहरुमा खाता खोल्न नपाउने निर्णय अमेरिकाले गरेको छ । अमेरिकाको सरकारी बैंकमा नेपालको सरकारी खाता खोल्न समस्या नहुने राष्ट्र संघको निर्णय भएपनि अमेरिकाले भने नेपाल सरकार र सम्बन्धित दुतावासका कर्मचारीहरुको खाता रोक्ने काम गर्दै आइरहेको छ ।

यस्तै अमेरिकाले नेपालबाट आयात हुने ढाका, ऊनलगायतका समाग्रीमा समेत बन्देज लगाएको छ । सन् २०१४ देखि अमेरिकाले नेपाल सरकार र नेपालीको खाता अमेरिकाको बैंकमा रोक्का गरेको थियो । अहिले सोही विषयलाई कडा रुपमा कार्यन्वयन गरेको छ । यस्तै नेपालबाट अमेरिका आयात हुँदै आएको सामाग्रीहरुमा समेत कटौती र बन्देज गरेको छ ।

वासिङ्टन डिसी र न्यूयोर्कस्थित सिटी बैंकहरूमा नेपालको सरकारी खाता चलाउने काम सन् २०१४ देखि बन्द छ । ७५ वर्षदेखिको मित्रराष्ट्र अमेरिकामा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग न्यूयोर्कमा महावाणिज्य दूतावास र वासिङ्टन डिसीमा नेपालको दूतावास छ । संयुक्त राष्ट्रसंघलाई सदस्य राष्ट्रका नातामा नेपालले पनि वार्षिक लेवी तिर्नुपर्छ ।

यीसहित विभिन्न प्रयोजनार्थ नेपाल सरकारले अमेरिकास्थित आफ्ना कार्यालय, प्रतिनिधि तथा १८ जना यताका र झण्डै ३ दर्जन उतैका स्थानीय कर्मचारी व्यवस्थापनका निम्ति नियमित रूपमा बजेट पठाउने गरेको छ । तर, अमेरिकी सरकारले आफ्ना सरकारी बैंकमा नेपालको पैसा राख्न बन्देज लगाइदिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.