ज्ञानेन्द्र शाही राप्रपा प्रवेश 

काठमाडौं ।  ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाही शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गरेका छन् । 


प्रवेश गराउने क्रममा अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्व रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । 

शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।

 ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.