दुबई जान लागेका ३५ जना कलाकारलाई अध्यागमन कार्यालयले रोक्यो

काठमाडौं। सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेको छ ।

गृह मन्त्रालयले गत माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएका हुनाले उनीहरुलाई दुबई प्रस्थानमा रोक लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालय जनाएको छ । 

 शुक्रबार अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट कलाकारको उक्त जम्बो टोली दुबईतर्फ जाने तयारीमा थियो ।

उक्त कलाकारको टोलीमा मोडल दीपाशा बिसी पनि सहभागि रहेको अध्यागमनले जनाएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.