काठमाडौँ । आजदेखि कुखुराको मासुकाे मूल्य वृद्धि भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि मासुको मूल्य बढेको जानकारी दिएको छ। शनिबारदेखि किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ ।
उपभोक्ताले किन्ने मूल्य प्रतिकिलो १५ रुपैयाँ बढ्ने संघको भनाइ छ । संघका अनुसार उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँ पुगेको छ । जिउँदो कुखुराको प्रतिकिलो २६० रुपैयाँ पाउने छन् ।
संघले उपत्यकामा प्रतिकिलो ३६० रुपैयाँमा मासु बिक्री भइरहेको बताएपनि उपत्यकाका व्यापारीहरूले ३८० रुपैयाँसम्म लिने गरेका छन । संघमा आबद्ध कोल्ड स्टोरहरूले तोकेकै मूल्यमा कुखुराको मासु बेच्ने गरेको छन् ।
चिसो याममा कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको संघले जानकारी दिएको छ ।