काठमाडौं । कोभिड प्रकोप न्युन भएसँगै नाटक मन्चन र वृतचित्र छायॉकनका लागि परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा भाद्र–३० गते बारा र पर्सा पुगेका टोली काठमाडौं फर्किएका छन् ।
पशु कल्याणका लागि सार्थक अभियान नारा लिएर गएका उक्त टोली कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएको छ । टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे, प्रल्हाद खरेल ,राधा श्रेष्ठ, जे बी डिसी, शान्ता भट्टराई , जगत थामी र गम्भीर श्रेष्ठ रहेका थिए ।
एनिमल नेपालको बारा स्थित कार्यालयका शत्रुघन पटेल र सिताराम पटेल पनि उक्त अभियानमा सहभागी थिए । उक्त टोली कार्यक्रम सकाएर असोज–४ गते काठमाडौं आइपुगेका हुन् ।
टोलीले स्थानिय संचारकर्मी एवं स्थानिय बासिन्दासँग पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया गरेको टोलीका सदस्य विश्वदीप घिमिरेले बताए । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमसँग हेटौडामा टोलीले अन्तक्रिया गरेको कुरा पनि घिमिरेले बताए ।
घिमिरेका अनुसार टोलीले पशु कल्याण सुनिश्चित गरौ भन्ने नाटक गढीमाई, बरियारपुर, बगडमपुर, देबकोटा चौक, सिसहनीया, पर्वानीपुर, दुर्मनवाना, टेडा, घण्टाघर बिरगन्ज गरी १० स्थानमा नाटक मन्चन गरेको थियो ।
पशु कल्याणका लागि गरिएको यो सचेतना मुलक कार्यक्रमलाई एनिमल नेपालबाट सुलक्षणा राणाले नेतृत्व गरेकी थिइन् । यस अघि यही टोलीले काठमाडौं र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मन्चन गरिसकेका छन् ।