नेपाल आदिवासी जनजाति महासंघको १४औं अधिवेशन चैतमा

सप्तरी । नेपाल आदिवासी महासंघ सप्तरीको चौथो अधिवेशन चैत ५ गते सनिबार हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो।

आउँदो चैत ५ गते शनिबारको दिन अधिवेशन गर्ने निर्णय भएको महासंघका सचिव खेमराज सिंह दनुवारले जानकारी दिएका छन्।

बैठकले नेपाल आदिवासी जनजाति महासंघसंग आबद्ध सप्तरीका जातीय संगठनहरूबाट दुई जना महिला अनिवार्यसहित दुई जना प्रतिनिधि र दुई जना परिवेक्षक गरी चार जनालाई  बोलाउने निर्णय गरेको समेत उनले जानकारी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीमा थारु, धानुक, मगर, तामाङ, दनुवार, राई, नेवार, भुजेल गरी आठ जातीय संगठन आबद्ध रहेका छ्न् । यस्तै महिला, युवा, पत्रकार, विद्यार्थीलगायतका सम्बन्धन प्राप्त संगठनसमेत क्रियाशील रहेको जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.