काठमाडौं । नेपाल-भारत नवौं ऊर्जा बैठक आज हुँदैछ । बैठक हायात होटलमा ३ बजेदेखि सुरु हुँने भएकाे हाे ।
बैठकमा नेपाल भारत संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘नेपाल-भारत प्रसारण लाइन योजना’ को पूरक प्रतिवेदन प्रस्तुत हुने बताईएको छ ।
त्यसैगरी बैठकमा नेपाल भारत संयुक्त सञ्चालन समितिले तयार पारेको नेपाल र भारतबीच हुने ग्रीड सिंक्रोनाइजेशनको अद्यावधिक प्रतिवेदन पेश हुनेछ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले गर्नेछन् । भारतीय पक्षको नेतृत्व त्याहाका विद्युत् मन्त्रालयका सहसचिव घनश्याम प्रसादले गर्दैछन् ।