अध्यक्ष ओलीले दायर रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दायर गरेको रिटको आज (सोमबार) सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासबाट सो रिटको सुनुवाइ हुनेछ । 

एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले दुवै पक्ष भदौ २८ मा बोलाएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.