बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटेबाघको आक्रमणबाट मंगलबार बेलुका ज्यान गएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको आफ्नो घरनजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।