लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 

लमजुङ । लमजुङको बेशिसहर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको छ।

 बेशिसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालले नगरपालिकाले अपराध अनुसन्धानका लागि सहयोग होस भन्ने उदेश्यले प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको बताए ।

नगरपालिकाका प्रमुख अर्यालले समाजमा शान्ति सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटपले सहयोग पुराउने बताए।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी  नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

ड्रोन क्यामेरा ६० हजार १ सय ७६ रुपियाँ ९९ पैसा र ल्यापटप ५५ हजार ३ सय १० रुपियाँमा खरिद गरी प्रदान गरिएको नगरप्रमुख अर्यालको भनाई छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.