काठमाडौं । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४ बँुदे अवधारणपत्र सार्वजकि गरेका छन् । महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका उनले गृहजिल्ला झापाबाट सो अवधारणपत्र जारी गरेका हुन् । अवधारणापत्रमा राजनीतिमा परिवर्तनको आवश्यक रहेको उल्लेख छ ।
‘इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्कासाँै शताब्दीको नेपाली युवाकोे सपनासँग एकाकार गरेर ‘समयसापेक्ष सपनाका साथ कांग्रेस अघि बढ्नुपर्छ,’ शर्माद्वारा जारी अवधारणपत्रमा भनिएको छ, ‘कुनै पनि व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपति र दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन पाउनुहुँदैन ।’
कांग्रेसको एजेन्डा सामाजिक र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ । लामो समयदेखि जरा गाडेको अघिल्लो पुस्तालाई पन्छाइ यूवा पुस्तालाई नेतृत्व हस्तान्तरण असहज छ । जसलाई गुटबन्दीको प्रकरणले बढवा पनि दिएको छ । नेपाली राजनीतिमा यूवा पुस्ता पुग्नुपर्ने बहस लामो समयदेखि जारी छ । महाधिवेशनको मुखमा प्रवक्ता शर्माले पनि सोही माग गरेका छन् ।
कांग्रेसभित्रबाट नेपाली राजनीतिमा उदयीमान हुन सक्ने छवि बनाएका गगन थापा र विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनमा सभापतिका लागि उम्मेद्वारी दिने हिम्मत नगरी महामन्त्रीमा रहने निर्णय गरेका छन् । यसले नेपाली कांग्रेसका यूवा अघिल्लो पुस्ताको छहारीमा बस्न चाहेको कुरा देखाउँछ ।
१४औँ महाधिवेशनका क्रममा यूवाको उल्लेख्य उपस्थिति भए पनि कांग्रेसको नेतृत्वका रुपमा हेरिएका शर्मा र थापाजस्ता नेताले सभापतिमा दाबेदार गर्न नसक्दा कांग्रेसमा बुढ्यौँलीले अझै निरन्तरता पाउने सुनिश्चित भएको छ ।