बुटवल । बुटवलमा पहिरो पिडितले मेयरमाथि मुक्का प्रहार गरेका छन् । भदौ १३ र १४ गते खसेको पहिरो प्रभावित क्षेत्र निरिक्षणमा गएका बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गरेका हुन् ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापन नगरिदिएको भन्दै मेयरमाथि स्थानियले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ज्योतिनगरमा गएको पहिरोले १० घर पुरेका थिए भने ५० भन्दा बढी घर उच्च जोखिममा परेका थिए । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो ।