मैले मागेको जवाफ आएन : सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफूले अर्थमन्त्रीसँग मागेको जवाफ आउन नसकेको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुत प्रतिनिधिसभा बैठक सुरु भएको थियो । 

एमालेको नाराबाजीलाई कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएपछि बैठक सुरु भएको हो । ड्यासमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदले नाराबाजी गरिरहेका छन् । 

नेकपा एमालेले सोमबारको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ। भदौ २३ देखि वेल घेरेर अवरोध गरिरहेको सो पार्टीले त्यसलाई निरन्तरता दिएको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.