काठमाडौं । प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विनियोजन विधेयक पारित भएको छ । प्रमुख प्रतिपक्षीको विरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले बजेट पारितका लागि प्रस्ताव गरेका थिए । शर्माद्वारा गरेको प्रस्तावलाई बहुमतद्वारा पास भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाले १४ जना सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर अवरोध गर्दै आएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेराउ गर्दै चर्को नाराबाजी गरेका छन् ।
तर, सोलाई बेवास्था गर्दै सभामुखले वेवास्ता गर्दै बैठक सञ्चालन गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुलाई बेवास्ता गरेको बताउँदै आएको छ । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले अहिले नेकपा एमालेलाई बेवास्था गरेको बताउँछन् ।