प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा एमाले तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका छन् ।  काँग्रेसबाट देउवा सहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.