रुकुम । रुकुम (पूर्व)को भुमे गाउँपालिका–४ झिंगेटारमा बा.२ क ७०१८ नम्बरको लामा कन्स्ट्रक्सनको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार विहान ढुंगा झार्ने क्रममा टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा टिपरले च्यापिएर बाटोमा काम गर्ने २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा पुथाउत्तर गंगा गाउँपालिका–१४ बस्ने २५ वर्षीय गोबिन्द वुढा र भुमे गाउँपालिका–५ उपल्लो साकिम बस्ने २५ वर्षीय दामु वुढा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।